Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • वुमन्स टी-२० विश्वकप एसिया छनोट : थाइल्याण्डले दियो नेपाललाई १०६ रनको लक्ष्य

    वुमन्स टी-२० विश्वकप एसिया छनोट : थाइल्याण्डले दियो नेपाललाई १०६ रनको लक्ष्य

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । मलेसियामा भइरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालसामु थाइल्याण्डले जितका लागि १ सय ६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

    मलेसियाको बांगीमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ५ रनको योगफल तयार पारेको हो ।



    थाइल्यान्डका नानपाट खोन्चारोएनकाईले ६३ बलमा अविजित ५९ रनको अर्धशतकीय पारी खेलिन् । नट्थाकन चान्थम्ले ४५ बलमा ३१ रन बनाइन् । नेपालका कविता कुँवर र पूजा महतोले समान एकरएक विकेट लिए ।



    नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । यो खेलको विजेताले अर्को वर्ष हुने आइसिसी महिला ग्लोबल टी-२० छनोटमा स्थान बनाउनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार