Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • गृहमन्त्री श्रेष्ठको राजीनामा माग गर्दै तरुण दलको प्रदर्शन

    गृहमन्त्री श्रेष्ठको राजीनामा माग गर्दै तरुण दलको प्रदर्शन

    अनलाइन नेपाल
  • बिहिबार, २१ भाद्र २०८०
  • 1.9K
    SHARES

    हेटौंडा । तरुण दल र नेवि संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै हेटौंडामा प्रदर्शन गरेको छ।

    नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष महेन्द्र यादवमाथि भएको सांघातिक हमलाको घटनालाई लिएर तरुण दल र नेवि संघले राजीनामा माग गर्दै हेटौंडामा मसाल जुलुससहितको प्रदर्शन गरेको हो।



    तरुण दल र नेवि संघका युवाहरुले गृहमन्त्रीले राजीनामा दिनुपर्ने र नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष यादवमाथि भएको सांघातिक हमलाको निष्पक्ष छानविनसहित दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका छन्।



    तरुण दल केन्द्रीय सदस्य राजेश भेटवालले यादवमाथि आक्रमण गर्ने गराउने, गराउन उक्साउने, पर्दा पछाडी बसेर निर्देशन दिने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरी दोषी उपर कडाभन्दा कडा कारवाहीको माग गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार