काठमाडौं । सरकारले निजामती सेवा दिवसका अवसरमा ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताईन् ।
निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरुलाई पुरस्कृत गर्ने परम्परा छ । तर, सरकारले यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी घोषणा नगर्ने भएको छ ।
सर्वोत्कृष्ट निजामती कर्मचारी भने नभेटिएको बताइएको छ ।
Leave a Reply