Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • सहमहामन्त्री यादवमाथिको आक्रमणबारे कांग्रेसले माग्यो गृहमन्त्रीसँग जवाफ

    सहमहामन्त्री यादवमाथिको आक्रमणबारे कांग्रेसले माग्यो गृहमन्त्रीसँग जवाफ

    अनलाइन नेपाल
  • बिहिबार, २१ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको घटनाका सम्बन्धमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग गरेको छ ।

    प्रतिनिधिसभाको बैठकमा विशेष समय र शून्य समय लिएर कांग्रेसका सांसदहरुले पार्टीकै तर्फबाट सरकारको ध्यानाकर्षण गराएका हुन् । कांग्रेसका महामन्त्री गगन थापाले यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास भएको भन्द विरोध गरे ।



    महामन्त्री थापाले शान्ति सुरक्षाको विषयमा सरकारको ध्यानाकर्षण गराए । महामन्त्री थापाले भने, ‘गृहमन्त्रीलाई सोध्न चाहन्छु – के अब हामीले काठमाडौंम एक्लै हिड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु भन्छ कोही खुकुरी हान्छ । हामी एक्लै हिड्न हुने हो कि नहुने हो ?’



    कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधि सभाको अर्को बैठकमा घटनाको सत्यतथ्यसहितको विवरण लिएर आउन आग्रह गरे ।

    पक्राउ परेका दोषी लगायत अरु पनि मानिसहरुको संलग्नता छ भने सत्य तथ्य छानबिन गरी कडा भन्दा कडा कारबाहीका लागि समेत उनले सरकारलाई आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार