Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • परराष्ट्रमन्त्री साउदले भने – प्रधानमन्त्रीको चीन भ्रमणबारे एजेण्डा फाइनल भइसकेको छैन

    परराष्ट्रमन्त्री साउदले भने – प्रधानमन्त्रीको चीन भ्रमणबारे एजेण्डा फाइनल भइसकेको छैन

    अनलाइन नेपाल
  • बिहिबार, २१ भाद्र २०८०
  • 558
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका एजेन्डा फाइनल नभएको बताएका छन् ।

    अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बिहान बसेको बैठकमा बोल्दै परराष्ट्रमन्त्री साउदले यस्तो बताएका हुन् । परराष्ट्रमन्त्री साउदले प्रचण्डको चीन भ्रमणका कुनै पनि एजेन्डा अन्तिम चरणमा नपुगेको बताए ।



    परराष्ट्रमन्त्री साउदले भने,‘अर्थ मन्त्रालयमार्फत विभिन्न मन्त्रालयका प्रस्ताव आउने क्रम जारी छ । ठूलो सूची बनाउने भन्दा पनि कार्यान्वयनमा जान्सक्ने कामका प्रस्तावलाई प्राथमिकता दिने भनेका छौँ । अहिले कुनै एजेन्डा फाइनल स्टेजमा पुगिसकेका छैनन् ।’



    भ्रमणको ठूलो सूची बनाउने भन्दा पनि कार्यान्वयनमा जानसक्ने कामका प्रस्तावलाई प्राथमिकता दिने परराष्ट्रमन्त्री साउदको भनाई छ । प्रधानमन्त्री प्रचण्ड आगामी अक्टुबर ४ तारिखमा न्यूयोर्क जाने, २२ तारिखसम्म न्यूयोर्कमा रहने र २३ तारिखमा चीन भ्रमणका लागि प्रस्थान गर्ने छन् ।

    उनले चीनले के के सहयोग गर्दैछ र कस्ता समझदारीमा हस्ताक्षर हुँदैछ भनेर हतार गर्न नहुने बताए। उनले कोभिडका कारण बन्द भएको चीनसँगको व्यापार नाका र परम्परागत नाका खोल्न आग्रह गर्ने विषयमा छलफल चलिरहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार