Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • ग्राण्डी अस्पतालले भन्यो – वडाध्यक्ष रिजालको निधन भाइरल निमोनियाबाट भयो

    ग्राण्डी अस्पतालले भन्यो – वडाध्यक्ष रिजालको निधन भाइरल निमोनियाबाट भयो

    अनलाइन नेपाल
  • बिहिबार, २१ भाद्र २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भाइरल निमोनियाबाट भएको ग्राण्डी अस्पतालले जनाएको छ।

    अस्पतालका मेडिकल निर्देशक डा विनोद बिजुक्छेले आज एक विज्ञप्ति जारी गर्दै वडाध्यक्ष रिजालमा भाइरल निमोनिया रहेको बताएका हुन् ।



    भदौ १७ गते दिउँसो एक बजे दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भई सघन उपचार कक्षमा भर्ना भएको विज्ञप्तिमा उल्लेख छ ।



    सुरुमा श्वासप्रश्वासको समस्या देखिए पनि पछि उनमा रगतको संक्रमण र मिर्गौलामा पनि असर परेको चिकित्सकहरुले बताएका छन् ।

    वडाध्यक्ष रिजालको आज बिहान ७ः३० बजे उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ । रिजाल नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार