Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई सभामुखले भने – टीआरसी विधेयकलाई अगाडि बढाउन् दलीय सहमति जुटाउनुस्

    प्रधानमन्त्री प्रचण्डलाई सभामुखले भने – टीआरसी विधेयकलाई अगाडि बढाउन् दलीय सहमति जुटाउनुस्

    अनलाइन नेपाल
  • बिहिबार, २१ भाद्र २०८०
  • 576
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी)लाई अगाडि बढाउन् दलीय सहमति खोज्न आग्रह गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टीआरसीलाई अगाडि बढाउने विषयमा सभामुख देवराज घिमिरेको सहयोग मागेका थिए।



    बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विगत विधेयक ६ महिनादेखि प्रतिनिधि सभामा विचाराधीन छ ।



    यसलाई छिटो अगाडि बढाउन र दलीय सहमति जुटाउन पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले छलफल तीव्र बनाएका छन् । यही क्रममा प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेसाग पनि पटक-पटक छलफल गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले टीआरसीलाई छिटो अगाडि बढाइदिन सभामुख घिमिरेलाई आग्रह गरेका थिए ।

    जवाफमा सभामुख घिमिरेले दलीय सहमति जुटाउन आग्रह गरेका छन् । संक्रमणकालीन न्यायमा दलहरुका बीचमा सहमति भए त्यसले सकारात्मक सन्देश दिने भन्दै सभामुख घिमिरेले दलीय सहमतिमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार