काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंं १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
वडाध्यक्ष रिजालको उपचारका क्रममा आज बिहान साढे ६ बजे ग्रान्डी अस्पतालमा निधन भएको हो ।
अध्यक्ष रिजालको निधनपछि काठमाडौं महानगरका मेयर बालेन्द्र साह बालेन र उपमेयर सुनिता डंगोल ग्राण्डी अस्पताल पुगेका छन् ।
उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिनेछ । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ ।
नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनबाट पनि वडाध्यक्ष निर्वाचित भएका थिए ।
Leave a Reply