काठमाडौं । दुर्गम भेगको स्टल उडान सुरक्षित बनाउने उद्देश्यसहित काठमाडौं–लुक्ला सेक्टर र जोमसोम–पोखरा रुटमा इन–रुट वेदर क्यामरा जडान गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा मौसमसम्बन्धी जानकारी गराउने इन–रुट वेदर क्यामरा जडान गरेको हो ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच इन–रुट वेदर क्यामरा जडान गर्ने सम्झौता भएको थियो ।
सोलुखुम्बुस्थित फाप्लुको उत्तरतर्फ इन–रुट वेदर क्यामरा जडान गरिएको क्यानले जनाएको छ । सम्झौता बमोजिम आविष्कार केन्द्रले पोखरा–जोमसोम रुटमा पर्ने माहुरेडाँडा, कुटुका र लेतेमा मौसमसम्बन्धी जानकारी दिने क्यामरा जडान गरिसकेको छ ।
हिमाली भेगमा पर्ने काठमाडौं–लुक्ला, पोखरा–जोमसोमलगायतका हवाई रुट उडानका लागि जोखिमपूर्ण मानिन्छन् । प्राधिकरणका महानिर्देशक अधिकारीका अनुसार छिटै पश्चिमतर्फका नेपालगन्ज, सिमिकोट, डोल्पा, बाजुरा रुटमा जडान गरिने छ ।
Leave a Reply