Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • अवैध युरिया मलसहित पक्राउ

    अवैध युरिया मलसहित पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १२ साउन २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीले करिब ७४ बोरा युरिया मलसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

    राजविराज नगरपालिका–६ स्थित न्यू सगरमाथा एग्रोभेट सेन्टरमा आइतबार प्रहरीले छापा मारेर अवैधरुपमा भण्डार गरी राखेको ती मलसहित सेन्टरका सञ्चालक स्थानीय सूर्यनारायण यादव र स १ ज ४६४ नम्बरको सवारी साधनका चालक महेन्द्रप्रसाद यादवलाई समेत नियन्त्रणमा लिएको जनाएको छ ।



    कार्यालयका प्रहरी निरीक्षक सन्तोष खड्काले युरिया मल र गाडीका चालकलाई भन्सार कार्यालय तिलाठीस्थित बेल्हीमा बुझाइएको जानकारी दिए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार