Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • आजबाट फेरि मनसुन सक्रिय

    आजबाट फेरि मनसुन सक्रिय

    अनलाइन नेपाल
  • सोमबार, १२ साउन २०७७
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आजबाट शुक्रबारसम्म मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन सक्रिय हुँदा केही जिल्लाहरुमा ‘धेरै भारी’ वर्षा हुने पूर्वानुमान गरिएको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा निरन्तर वर्षा भइरहेको छ ।

    चितवन, धादिङ, तनहुँ, स्याङ्जा, कास्की, पाल्पा, गुल्मी, नवलपरासी, कपिलवस्तु, रूपन्देही लगायतका जिल्लामा र ती जिल्ला आसपासका क्षेत्रहरुमा भारी वर्षा भएको छ । हाल कास्कीको लुम्ले र स्याङ्जास्थित वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ र थप वर्षा हुने सम्भावना छ । त्यसैले लम्जुङ, पर्वत र आसपासको जिल्ला भई बहने मोदीखोला लगायत साना नदीमा आकस्मिक बहाब हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।



    भारी वर्षाका कारण बुटवलको तिनाउ नदीको बाढीले सोमबार बिहान चार बजे सतर्कताको तह पार गरेको थियो । बिहान सात बजेको मापनमा भने सतर्कताको तहभन्दा तलै देखिएको छ । यद्यपि बाढी पूर्वानुमान महाशाखाले तिनाउ र कञ्चनखोलाको तटीय क्षेत्र आसपासमा बिहान १० बजेसम्म सतर्क रहन आग्रह गरेको छ । आजबाट मनसुन पुनः सक्रिय भएकाले केही दिनसम्म झरी पर्ने पूर्वानुमान गरिएको छ । मनसुनी रेखा नेपालको दक्षिण भूभाग नजिक रहेकाले प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुने पूर्वानुमान छ ।



    सोमबार र मंगलबारको तुलनामा बुधबार बढी वर्षा हुने छ । बुधबार बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा ‘धेरै भारी वर्षा’ हुने मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार