Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • भ्रष्टाचारविरोधी अभियानबाट सरकार पछि नहट्ने गृहमन्त्री श्रेष्ठको दाबी

    भ्रष्टाचारविरोधी अभियानबाट सरकार पछि नहट्ने गृहमन्त्री श्रेष्ठको दाबी

    अनलाइन नेपाल
  • बुधबार, २० भाद्र २०८०
  • 1.4K
    SHARES

    चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई विश्राम नदिने बताएका छन् ।

    बुधबार चितवनको माडीमा आयोजित एक कार्यक्रममा संम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले भ्रष्टाचार विरोधी अभियानमा सम्झौता नगरी अगाडि बढ्ने बताए ।



    गृहमन्त्री श्रेष्ठले भने,’यो मेरो मात्रै नभइ सरकारको पनि संकल्प हो । यस अभियानलाई विश्राम लिने छैनौँ। हाम्रो मिसन र ध्ययमा हामी सम्झौता गर्ने छैनौं । सरकार तथा गृहमन्त्री दृढताका साथ टिक्छन् त ?’



    यस अभियानलाई देशका सबै बुद्धिजीवी, नागरिक समाजले साथ दिइरहेको भन्दै उहाँले सबैप्रति आभार व्यक्त गरे । भ्रष्टाचारविरोधी कतिपय कदम चाल्दा अप्ठ्याराले आफूहरुलाई समस्या पारेको उनकोे भनाई छ ।

    गृहमन्त्री श्रेष्ठले यस बीचमा भएका कतिपय घटनाक्रमले जनसमुदायमा चासो बढाउनु स्वाभाविक भए पनि सरकार भ्रष्टाचारविरोधी अभियानमा प्रतिबद्ध रहेको उल्लेख गरे ।

    सरकारी जग्गा, सुन तस्करी र शरणार्थी प्रकरणका अपराधी तथा तस्करलाई कानुनको कठघरामा उभ्याएरै छोड्ने गृहमन्त्री श्रेष्ठले दृढता व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार