Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • जलवायु परिवर्तनलाई प्राथमिकता दिन संसद्को ध्यानाकर्षण

    जलवायु परिवर्तनलाई प्राथमिकता दिन संसद्को ध्यानाकर्षण

    अनलाइन नेपाल
  • बुधबार, २० भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एक्सन एडले जलवायु परिवर्तनका कारण देखा परेका समस्या समाधान गर्न संसद्को ध्यानाकर्षण गराएको छ ।

    संस्थाका कार्यकारी निर्देशक सुजिता माथेमासहितको टोलीले सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षणपत्र बुझाउँदै जलवायु न्यायलाई प्राथमिकता दिन संसद्को ध्यानाकर्षण गराएका हुन् ।



    टोलीले जलवायु वित्तलाई पारदर्शी बनाउनुपर्ने, जलवायु परिवर्तनको असरबाट प्रभावित विपन्न समुदायलाई सहायता प्रदान गर्नुपर्नेलगायत कार्यमा संसद्को भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।



    जलवायु वित्तमा प्रभावकारी कदम चाल्न संसदीय समिति गठन गर्नसमेत एक्सन एडले आग्रह गरेको छ ।

    संस्थाले बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै सभामुख देवराज घिमिरेले जलवायुजन्य चुनौती सम्बोधनका लागि आफू प्रतिबद्ध रहेको जनाउँदै त्यसका लागि पहल गर्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार