धनुषा । ‘अख्तियारको कर्मचारी हौँ’ भन्दै जनकपुरमा व्यापारीहरुलाई धम्की दिएको आरोपमा दुईजना पक्राउ परेका छन् ।
जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ७ बस्ने हंसपुर नगरपालिका ३ का अनिल सिंह र राहुल सिंह पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनीहरुले ७ वटा पसलमा रकम असुल गर्ने उद्देश्यले धम्की दिएको पाइएको छ ।
उनीहरुलाई ठगीसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत धनुषाबाट ५ दिन हिरासतमा राख्न अनुमति लिइएको प्रहरीले जनाएको छ ।
Leave a Reply