Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • पार्टी भित्रकै नेता भएपनि भ्रष्टाचारमा संलग्नहरूलाई कारबाही गर्नुपर्छ : वर्षमान पुन

    पार्टी भित्रकै नेता भएपनि भ्रष्टाचारमा संलग्नहरूलाई कारबाही गर्नुपर्छ : वर्षमान पुन

    अनलाइन नेपाल
  • मंगलबार, १९ भाद्र २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले भ्रष्टाचारमा संलग्न जोकोहीलाई पनि छोड्न नहुने टिप्पणी गरेका छन् ।

    पार्टी निकट श्रमिक संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।



    उपमहासचिव पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूले पार्टी भित्रकै नेता भएपनि भ्रष्टाचारमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन बारम्बार दबाब दिने गरेको जिकिर समेत गरे ।



    उनले भ्रष्टाचार नियन्त्रण गर्ने नाममा राज्य शक्तिको दुरुपयोग नगर्न पनि सरकारलाई सचेत गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार