Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • ब्रिटिश सरकारले गोरखा सैनिकलाई समान व्यवहार गरेन : प्रधानमन्त्री प्रचण्ड

    ब्रिटिश सरकारले गोरखा सैनिकलाई समान व्यवहार गरेन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, १९ भाद्र २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा सैनिकलाई ब्रिटिश सरकारले समान व्यवहार गर्न नसकेको बताएका छन्।

    काठमाडौंमा आयोजित पूर्वगोरखा सैनिकको समस्या समाधानको लागि एक दिवसीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘भूतपूर्व गोरखा सैनिकहरूको समस्या राष्ट्रियस्तरबाट मात्र समाधान गर्ने मुद्दा नभएर दुईदेशीय एवं बहुपक्षीय रूपमा उठाउनुपर्ने र सम्बोधन गर्नुपर्ने मुद्दा हो । विश्वभरि रहेका नेपालीहरूको हकहितका निम्ति राज्यले यस्ता मुद्दाहरू अन्तर्राष्ट्रिय फोरमहरूमा उठाउनुपर्छ र त्यसमार्फत् सम्बोधन गर्नुपर्छ भन्नेमा म प्रस्ट छु । चाहे खाडीलगायत विभिन्न मुलुकमा रहेका नेपाली कामदारहरूको सवाल होस्, चाहे भूतपूर्व गोर्खा, विश्वभरि विभिन्न मुलुकमा कार्यरत नेपालीहरूको कुरा होस् ।’



    उनले ब्रिटिश सेनामा भर्ती भएकाहरूमध्ये गोर्खालीहरूको तलब, सेवा सुविधा, पेन्सनलगायतका विषयमा भइरहेका विभेद अन्त्य गर्न पहल गर्ने बताए ।

    ब्रिटिस सेनामा रहेर विश्व युद्धमा सामेल हुनु नेपालीहरूको रहर नभएको उल्लेख गर्दै उनले जागिरे जीवनको सिलसिलामा आफ्नो सम्पूर्ण तागतका साथ इमानदारीपूर्वक युद्धमोर्चामा डटेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार