काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही घर भइ टोखा बस्ने सुमन खरेल रहेका छन् ।
सुमनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल-भारत सीमाबाट पक्राउ गरेको हो । सुमनको सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूसँग सम्पर्क देखिएको सीआईबी स्रोतले बतायो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो तस्करीको कनेक्सन खोज्न सीआईबीले डीएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीलाई भारत पठाएको थियो । यस्तै सीआईबीले सूचना संकलनका लागी केही दिन अगाडि प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाएको थियो ।
हङकङबाटै तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो । हाल सो बारे सीआईबीले अनुसन्धान गरिरहेको छ ।
सिनामंगलबाट बरामद तस्करी गरिएको सुन प्रकरणमा हालसम्म २७ जना पक्राउ परिसकेका छन् ।
Leave a Reply