एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रक्षामन्त्री ओलेक्सी रेज्नीकोभलाई बर्खास्त गरेका छन् ।
रुससँग युद्ध भइरहेका बेला राष्ट्रपति जेलेन्स्कीले रक्षामन्त्री रेज्नीकोभलाई बर्खास्तमा गरेका हुन् ।
रेज्नीकोभलाई भ्रष्टाचारको आरोपमा बर्खास्त गरिएको बताइएको छ । रेज्नीकोभको ठाउँमा युक्रेनको राज्य सम्पत्ति कोषका प्रमुख रुस्तम उमरोभलाई नियुक्त गरिएको छ ।
राष्ट्रपति जेलेन्स्कीले रुससँग ५ सय ५० दिनभन्दा लामो समयदेखि चलिरहेको युद्धका लागि उमरोभ जस्ता व्यक्तिको नेतृत्व आवश्यक रहेको बताएका छन् ।
रुसँगको युद्धमा देशको रक्षा क्षेत्रमा नयाँ नेतृत्व चाहिएकोले रक्षामन्त्री फेरिएको राष्ट्रपति जेलेन्स्कीले बताए ।
Leave a Reply