Online Nepal
  • शनिबार, २४ कार्तिक २०८१
  • ललितानिवास जग्गा प्रकरण : आजदेखि प्रतिवादी पक्षको बहस सुरू हुने

    ललितानिवास जग्गा प्रकरण : आजदेखि प्रतिवादी पक्षको बहस सुरू हुने

    अनलाइन नेपाल
  • सोमबार, १८ भाद्र २०८०
  • 798
    SHARES

    काठमाडौं । ललितानिवास जग्गा हिनामिना प्रकरणमा आजदेखि प्रतिवादीहरुको थुनछेक बहस सुरु हुने भएको छ । सोमबार सरकारी वकिलहरुको वहस सकिएपछि प्रतिवादी तर्फको बहस सुरु हुने भएको हो ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको ईजलाशमा आइतबारदेखि सुरु भएको थुनछेक वहसका क्रममा ४ जना सरकारी वकिलले बहस गरेका थिए ।



    प्रतिवादीका तर्फबाट अभियुक्तहरुले नियुक्त गरेका वकिलहरुले बहस गर्नेछन् । उनीहरूको बहस सकिएपछि जाहेरवालाका तर्फबाट बहस हुनेछ ।



    अन्तिममा सरकारी वकिलका तर्फबाट नै जवाफी बहस हुनेछ । सरकारी वकिलको कार्यालयले यही भदौ १० गते सरकारी छाप दुरुपयोगमार्फत किर्ते गरेको भन्दै ३ सय १० जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार