Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • उच्च अदालतका न्यायाधीश र प्रहरीसहित ७ जनामा कोरोना संक्रमण पुष्टि

    उच्च अदालतका न्यायाधीश र प्रहरीसहित ७ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • आइतबार, ११ साउन २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार न्यायाधीशसँगै एक जना प्रहरीसहित सात जनालाई कोरोना भएको

    उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।



    आज राजविराजस्थित वडा प्रहरी कार्यालयका एक जना २३ बर्षीय जवानमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, तिरहुत गाउँपालिका वडा नम्बर २ का ३९ वर्षीय पुरुष, वडा नम्बर ३ का ३८ बर्षीय, वडा नम्बर ४ का २६ वर्षीय, वडा नम्बर ५ का २८ वर्षका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख यादवले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार