Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • ललिता निवास प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशीको बिगो ६२ करोड घटाइयो

    ललिता निवास प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशीको बिगो ६२ करोड घटाइयो

    सीआईबीको त्रुटि सच्याउन जिल्ला अदालत काठमाडौंलाई पत्राचार

    अनलाइन नेपाल
  • आइतबार, १७ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा घोटाला प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतलाई त्रुटि सच्याउन पत्राचार गरेको छ ।

    अभियोगपत्रमा त्रुटि देखिएको भन्दै  जिल्ला न्यायाधिवक्ता महेश प्रसाद खत्रीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको त्रुटि सच्याउन काठमाडौं जिल्ला अदालतलाई पत्राचार गरेका हुन् ।



    न्यायाधिवक्ता खत्रीले पूर्वमन्त्री चन्द्रदेव जोशीको हकमा सीआईबीले पठाएको बिगो फरक परेको भन्दै सच्याउन सीआईबीले पत्र पठाएकाले अदालतलाई आग्रह गरेका छन् ।



    अभियोग पत्रको पृष्ठ ६२९ को दशौं र चौधौं हरफमा जोशीविरुद्ध ६३ करोड रुपैयाँको बिगो रकम लेखिएकोमा एक करोड ८ लाख ७९ हजार ८१० रुपैयाँ कायम गरिदिन सीआईबीले आग्रह गरेपछि जिल्ला अदालतलाई आग्रह गरिएको हो ।

    यससँगै जोशीविरुद्ध ६२ करोडको बिगो घटेको छ । सरकारी वकिलको दाबी अनुसार, सीआईबीले विवरण फरक परेको थाह भएपछि सच्याइदिन आग्रह गरेको थियो ।

    आरोपितको नामावलीबाट विनिता अधिकारी र सुधिरा अधिकारी भट्टराईको नाम हटाइदिन आग्रह गरेको छ । साथै प्रविण ताम्राकारलाई जग्गा जफत प्रयोजनका लागि मात्रै प्रतिवादी बनाउन आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार