Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • व्यवस्थाप्रति आम जनताको निराशा र असन्तुष्टि चुलिँदै छ : प्रधानमन्त्री प्रचण्ड

    व्यवस्थाप्रति आम जनताको निराशा र असन्तुष्टि चुलिँदै छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, १७ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका पक्षमा चालेका कदममा साथ दिन आग्रह गरेका छन् ।

    हेलो सरकारको २४ घण्टै सेवा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले जनताका गुनासो गम्भीरतापूर्वक सम्बोधन गर्नसके मात्रै लोकतन्त्र बलियो हुने बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने,’जनतामाझ जन्मने गुनासो तथा जिज्ञासाहरूको तत्काल उचित सम्बोधन गर्न सकिएन भने जनता र सरकारबीचको दूरी बढ्दै जाने, राज्य र व्यवस्थाप्रति आम जनताको निराशा र असन्तुष्टि चुलिँदै जान सक्ने विषयको बोध गरेर नै मैले सरकारको नेतृत्व लिएको दिनदेखि सुशासन प्रबर्द्धनको कडीको रूपमा हेलो सरकारुलाई थप प्रभावकारी बनाउन संरचनात्मक सुधारको विषयमा सचिवहरूसँगको बैठकमा मैले दिशानिर्देश गरेको थिए । यसैगरी संसद्‌मा पनि मैले हेलो सरकारलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छु ।’



    प्रधानमन्त्री प्रचण्डले सरकार र नागरिकबीचको सम्बन्धलाई अझै घनिभूत गराउन र शासकीय प्रणालीमा जनताको सहभागितालाई सक्रिय तथा सशक्त बनाउन आवश्यक भएको बताए ।

    उनले राज्यप्रति नागरिकले गर्ने गुनासा तत्काल सम्बोधन हुनुपर्ने पनि बताएका छन् । जनताका असन्तुष्टि र गुनासो सम्बोधन तत्काल सम्बोधन गर्न नसकिए व्यवस्थाप्रति नै जनतामा निराशा छाउने पनि उनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार