काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई एक साताअघि नै पुत्रीलाभ भएको खुलेको छ ।
एक साताअघि नै आईभीएफ प्रविधिमार्फत बालेन पत्नी सविना काफ्लेले ललितपुरको मेडिसिटी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।
आफ्नी श्रीमती सविना काफ्ले चढेको सरकारी गाडीलाई शनिवार ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेपछि आक्रोशित बालेनले सिंहदरबारमा आगो लगाउने धम्कीसहित फेसबुक स्टाटस लेखेका थिए ।
आलोचनाबाट बच्न केही दिनअघि नै जन्मिएकी छोरीको विषय ढिला गरी सार्वजनिक गरेको खुलेको हो । ट्राफिक प्रहरीले गाडी रोक्दा गाडीमा ड्राइभर र बालेनकी श्रीमती थिए ।
चेकजाँचका क्रममा रोकेर सोधपुछ गरेपछि आक्रोशित बालेनले अराजक शैलीमा फेसबूक स्टाटस लेखेका हुन् ।
Leave a Reply