काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १३० जना कोरोना संक्रमति थपिएका छन् । त्यसमध्ये ८ जना काठमाडौंका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतवारको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका ८ सहित १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको परीक्षणमा ३ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं २ जना र स्टार अस्पताल ललितपुरमा गरिएको स्वाब परीक्षणमा ३ जनामा गरि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
Leave a Reply