Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • महिला विश्वकप छनोट : भुटानसँग नेपाल ३ विकेटले विजयी

    महिला विश्वकप छनोट : भुटानसँग नेपाल ३ विकेटले विजयी

    अनलाइन नेपाल
  • आइतबार, १७ भाद्र २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको समूह चरणको तेस्रो खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको छ ।

    अपराजित यात्रा कायम राख्ने क्रममा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको हो । भुटानले दिएको ४० रनको लक्ष्य नेपालले १३ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।



    नेपालका लागि रुविना क्षेत्रीले नटआउट १२ रन बनाइन् । कविता जोशीले ९ रन, सीता राना मगरले ८, पूजा महतोले ३ रन बनाइन् । अन्य ब्याट्सम्यान चल्न सकेनन ।



    भुटानका लागि अन्जुली घलेले ३, छिरिङ जाङमोले २, अन्जु गुरुङ र सोनमले १/१ विकेट लिए । यसअघि भुटानले ८ विकेटको क्षतिमा ३९ रन बनाएको थियो ।

    भुटानका लागि दिचेन वाङ्मोले २१ रन जोड्नु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । भुटानका ४ जना खेलाडी शून्य रनमा आउट भएका थिए ।

    दुई जनाले १/१ रन जोडे भने एक जनाले ३ रन मात्रै बनाए । टस जितेर पहिलो बलिङ गरेको नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् । यस्तै कविता कुँवर, रुविना क्षेत्री र खुसी डंगोलले १/१ विकेट लिए ।

    यो जितले नेपालको सेमिफाइनल पुग्ने सम्भावना भने बलियो भएको छ । नेपालको छ अंक भएको छ । यसअघि नेपालले मलेसिया र बहराइनलाई पनि हराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार