काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारप्रति कडा टिप्पणी गरेका छन् ।
शनिबार साँझ सामाजिक सञ्जालमार्फत मेयर बालेनले सरकारलाई चोरको संज्ञा दिएका हुन् । उनले सिंहदरवारमा आगो लगाइदिने समेत धम्की दिए ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भोलीबाटआजको लागी केहि भएन , हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’
सरकारको कामकारबाहीप्रति निरन्तर कटाक्ष गर्दै आएका बालेनले आज अराजक अभिव्यक्ति दिएका हुन् ।
Leave a Reply