Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • सत्ताबाट हटाउन खोजे जनतासहित आन्दोलनको नेतृत्व गर्छु : प्रधानमन्त्री प्रचण्ड

    सत्ताबाट हटाउन खोजे जनतासहित आन्दोलनको नेतृत्व गर्छु : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, १६ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सत्ताबाट हटाउने प्रयास भइरहेको बताएका छन् ।

    शनिबार काठमाडौंको चन्द्रागिरि–२ घट्टेडाँडामा ‘जनतासँग माओवादी’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘म ३२ सिटको पार्टीको नेता भएको छु। म कतिदिन प्रधानमन्त्री रहने हो, हुनसक्छ १५ दिन, एक महिना, ३० दिन। जति दिन रहनेछु । मलाई जसले हटाउनेछन् तिनका विरुद्ध लाखौं करोडौं जनताको बीचमा आन्दोलनको नेतृत्व गर्नेछु भन्ने संकल्पसहित काम गरेको छु।’



    प्रधानमन्त्री प्रचण्डले सत्ताबाट हटाउनेविरुद्ध लाखौं करोडौं जनताको बीचमा पुगेर आन्दोलनको नेतृत्व गर्ने बताए।

    उनले पाँच वर्षसम्मै आफू सरकारबाट हट्न नपर्ने जस्तो आफूले देखेको दाबी गर्दै गठबन्धन पाँच वर्षसम्मै टिक्ने दाबी गरे। सरकारले दायाँबायाँ नहेरी भ्रष्टाचारविरूद्ध अभियान चलाएको उनले बताए।

    उनले राष्ट्र, जनता, क्रान्ति र उपलब्धिको रक्षाका लागि आफ्नो बाँकी जीवन सम्पूर्ण रुपले लगाउनबाहेक आफ्नो केही उद्देश्य पनि नभएको बताए। उनले आफूले सरकारको नेतृत्व गर्दै गर्दा १५ दिन भए पनि ठीकै छ, एक महिना भए पनि ठीकै भन्ने सोच राखेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार