Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – भुटानी शरणार्थी र सुन प्रकरणकाे छानबिनले जनतामा उत्साह छाएको छ

    प्रधानमन्त्री प्रचण्डले भने – भुटानी शरणार्थी र सुन प्रकरणकाे छानबिनले जनतामा उत्साह छाएको छ

    अनलाइन नेपाल
  • शनिबार, १६ भाद्र २०८०
  • 591
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिभिन्न भ्रष्टाचार काण्डमा भएको निष्पक्ष छानबिनले जनतामा उत्साह छाएको बताएका छन्।

    पार्टी कार्यालय पेरिसडाँडाबाट ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को भर्चुअल उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन तस्करी प्रकरणलगायतका घटनामा भएका निष्पक्ष छानबिनन र कारबाहीले जनतामा उत्साह आएको छ।’



    प्रधानमन्त्री प्रचण्डले ललिता निवास प्रकरण र सुन तस्करी प्रकरण मा भएको निष्पक्ष छानबिनले जनतामा उत्साह छाएको बताए।

    ललिता निवाससँगै सुन तस्करी प्रकरण र भुटानी शरणार्थी प्रकरणलगायतका घटनामा निष्पक्ष छानबिन र कारबाही भएको उनले बताए ।

    जसले जनतामा अब केही हुन्छ भन्ने आशाको रक्तसञ्चार गराएको प्रधानमन्त्री प्रचण्डको भनाई छ । यी प्रकरणमा निष्पक्षपयपूर्वक काम गरेकाले सरकारको प्रशंसा भएको उनको भनाइ थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार