एजेन्सी । सिङ्गापुरको राष्ट्रपतिमा पूर्व वरिष्ठ मन्त्री थर्मन शान्मुगररत्नम विजयी भएका छन् ।
कुल मतको ७० दशमलव ४ प्रतिशत मत ल्याएर थर्मन सिङ्गापुरको नवौँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी एनजी कोक सङले १५ दशमलव ७२ र र तान किन लियानले १३ दशमलव ८८ प्रतिशत मत प्राप्त गरे । राष्ट्रपति चुनावमा २० लाख ४८ हजार सिङ्गापुरवासीले मतदान गरेका थिए ।
नवनिर्वाचित थर्मनलाई सहरी क्षेत्रको विज्ञ र बौद्धिक नेताका रुपमा सिङ्गापुरवासीले सम्मान गर्ने गरेका छन् ।
Leave a Reply