Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • जनतासँग माओवादी विशेष रूपान्तरण अभियान आजदेखि, भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रचण्ड

    जनतासँग माओवादी विशेष रूपान्तरण अभियान आजदेखि, भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, १६ भाद्र २०८०
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान शनिबारदेखि सुरु हुँदैछ । २५ लाख जनताबीच पुग्ने लक्ष्यसहित माओवादीले तीन चरणको अभियान सुरु गर्न लागेको हो ।

    यो अभियानको नारा ‘घर(घरमा माओवादी, जन-जनमा माओवादी’ तय गरिएको छ । अभियानलाई सफल बनाउन नेताहरू तोकिएका आ–आफ्ना क्षेत्रमा पुगिसकेका छन् । सम्बन्धित वडाले बनाएको कार्यतालिका अनुसार तीन चरणको अभियान सञ्चालन हुनेछ ।



    वडा–वडाले तोकेको कमान्डरको नेतृत्वमा अभियान सञ्चालन बताइएको छ । अभियानमा समाजवादी मोर्चाको अवधारण पत्र, पार्टीको दस्ताबेज, केन्द्रीय समितिले तय गरेका नारा तथा कार्यक्रम लिएर सबै जना जनताको घरघर पुग्ने लक्ष्य राखिएको छ । स्थानीय तहमा पुग्दा जनताको काम जनतासँगै गर्ने र बस्दा, हिँड्दा, बोल्दा पार्टीको कुरा गर्ने गरी निर्देशिका नै बनाइएको छ । नवीकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पुर्‍याउने गरी पार्टी र जवसरमोर्चाका सबै कमिटी बैठक सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।



    अभियानको उद्घाटन प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छ हजार ७४३ वडामा एकसाथ भर्चुअल माध्यमबाट गर्ने छन् ।

    प्रधानमन्त्री प्रचण्डले बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट उद्घाटन गर्ने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् । उद्घाटनपछि दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्ड चन्द्रागिरि–२, घट्टेडाँडा पार्कमा हुने कार्यक्रममा प्रधानमन्त्री दाहाल सहभागी हुने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार