Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • सरकारमाथि प्रश्न तेर्साएर ठूलो दबाब सिर्जना गरिएको छ : प्रधानमन्त्री प्रचण्ड

    सरकारमाथि प्रश्न तेर्साएर ठूलो दबाब सिर्जना गरिएको छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, १५ भाद्र २०८०
  • 1.3K
    SHARES

    पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारीहरूलाई उन्मुक्ति नदिने बताउका छन् ।

    शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चा गण्डकी प्रदेशस्तरीय सन्देश सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    सरकारले भ्रष्टाचारीहरूलाई उन्मुक्ति दिने हुन् कि भन्ने विषयमा सरकारमाथि ठूलो प्रश्न तेर्स्याइएको उनको भनाइ छ।



    प्रधानमन्त्री प्रचण्डले भने,’सरकारमाथि विभिन्न प्रश्न तेर्साएर दबाब सिर्जना गरिएको छ। अन्तिमम भ्रष्टाचारीहरुलाई उन्मुक्ति पो दिने हुन् किरु आफ्ना मान्छेलाई बचाउने पो हुन् कि? तर भ्रष्टचारविरुद्धको यो अभियान सानो मन, सानो विचार, सानो उद्देश्यले गरिएको होइन।’

    उनले आफ्नै मान्छे परे पनि कोसैलाई नछोड्न प्रहरीलाई निर्देशन दिएको बताए। उनले प्रतिवेदनमा नाम उल्लेख गरेर पक्राउ नगरी प्रहरीले नै आफूहरूको बदनाम गर्न खोजेको बताए।

    उनले राम्रो काम गर्दासमेत विपक्षी दलले आफूलाई बोल्ने मौका नदिएको आरोप लगाए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार