Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – सुन तस्करी प्रकरणमा धेरै खालका मानिसको सेटिङ छ

    प्रधानमन्त्री प्रचण्डले भने – सुन तस्करी प्रकरणमा धेरै खालका मानिसको सेटिङ छ

    अनलाइन नेपाल
  • शुक्रबार, १५ भाद्र २०८०
  • 1.4K
    SHARES

    पोखरा । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करी प्रकरणमा धेरै खालका मानिसको सेटिङ भएको दाबी गरेका छन् ।

    शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले सेटिङ नभइ त्यसरी सुन तस्करी हुन असम्भव रहेको बताए।



    प्रधानमन्त्री प्रचण्डले भने,‘क्विन्टलका क्विन्टल सुन तस्करीमा धेरै खालका मानिसहरूको सेटिङ छ, त्यो सेटिङ नभइकन त्यसरी सुन तस्करी हुने कुरा असम्भव कुरा हो । हाम्रो एयरपोर्टबाट त्यति ठूलो मात्रामा सुन तस्करी हुने गरेको छ भन्ने थाहा पाएपछि हामीले त्यसमाथि अंकुश नलगाइकन देशको अर्थतन्त्र सन्तुलित ढंगले अगाडि बढाउन सकिँदैन भनेर हामीले त्यहाँ पनि प्रहार गर्‍यौँ।’



    उक्त तस्करीको सूचना पाएपछि सरकारले त्यहाँ प्रहार गरे‍को प्रधानमन्त्री प्रचण्डको भनाइ छ। उनले सरकारले अत्यन्त निर्मम र कठोर अभियाान मिटरब्याज पीडितका पक्षमा चालेको पनि उनले बताए।

    मिटरब्याजविरुद्धका विरुद्धमा गरेको संघर्ष अत्यन्तै कठोर अभियान भएको उनको भनाइ थियो। मिटरब्याजको समस्या देशैभरि रहे पनि सबैभन्दा बढी मधेसमा रहेकाले त्यसका विरुद्ध प्रहार गरेको जानकारी उनले दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार