Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूत सोङबीच बालुवाटारमा भेट

    प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूत सोङबीच बालुवाटारमा भेट

    अनलाइन नेपाल
  • शुक्रबार, १५ भाद्र २०८०
  • 609
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।

    चीन भ्रमणको तयारी भइरहेका बेला राजदूत सोङ प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।  भेटमा राजदूत सोङले प्रधानमन्त्री प्रचण्डलाई भेटेर संभावित एजेण्डाको विषयमा छलफल गरेका थिए ।



    भेटमा बीआरआई परियोजना अघि बढाउने विषयमा समेत प्रधानमन्त्री र चिनियाँ राजदूत सोङबीच छलफल भएको छ। बीआरआई परियोजनाअन्तर्गत चीनले कम्तीमा तीनवटा औद्योगिक पार्क बनाउन नेपाल सरकारसँग लबिङ गरेको छ।



    प्रधानमन्त्री प्रचण्ड असोज ६ गते अमेरिकाको न्युयोर्कबाट चीनको हाङचाओ जाँदै छन् । संयुत्तः राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जाने र त्यहीबाट प्रधानमन्त्री प्रचण्ड चीन जाँदैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार