Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • जंगली च्याउ खाएर बिरामी परेका बालक र बालिकाको मृत्यु

    जंगली च्याउ खाएर बिरामी परेका बालक र बालिकाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १५ भाद्र २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    बझाङ । बझाङमा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका–६ नौराका ७ वर्षिया सञ्जिला कठायत र १२ वर्षिय सुदीप कठायतको मृत्यु भएको हो ।

    मंगलबार जंगलबाट ल्याएको च्याउ खाएर आमा पुनी कठायत र दुई बालबालिका बिरामी परेपछि उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।



    त्यहाँ उपचार सम्भव नभएपछि बिरामी बालिका सञ्जिलालाई डडेल्धुरा रिफर गरेको थियो। डडेल्धुरा पुर्‍याउन नपाउदै उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।



    सुदीपलाई पनि धनगढी ल्याउने क्रममा बिहिवार राती नै बाटोमा मृत्यु भएको बताइएको छ । आमा पुनी कठायतको भने उपचार जारी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार