Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • स्रोत नखुलेको ५ लाख भारूसहित कैलालीबाट युवक पक्राउ, खैरो हेरोइन पनि बरामद

    स्रोत नखुलेको ५ लाख भारूसहित कैलालीबाट युवक पक्राउ, खैरो हेरोइन पनि बरामद

    अनलाइन नेपाल
  • बिहिबार, १४ भाद्र २०८०
  • 1.9K
    SHARES

    कैलाली । कैलालीमा स्रोत नखुलेको ५ लाख भारतीय रूपैयाँसहित एकजना पक्राउ परेका छन् ।

    इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा सादा पोशाकको टोलीले गोदावरी नगरपालिका १ बनखेत बस्ने ३५ वर्षीय रमेशबहादुर तिरूवालाई पक्राउ गरेको हो ।



    विशेष सूचनाका आधारमा खटिएको टोलीले तिरुवाको घर खानतलासी गरेर चार लाख ७४ हजार पाँच सय भारतीय रूपैयाँ र २ ग्राम १९० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बरालले जानकारी दिए ।



    उनकाअनुसार सुर्तीको कभरमा लुकाई छिपाई राखेको १८ पोका खैरो हेरोइन र घरको कोठा भित्र स्ल्याबमा राखेको पंखाको कभर (कार्टुन) मा स्रोत नखुलेको भारतीय रूपैयाँ बरामद गरिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको डीएसपी बरालले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार