Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • सरकार टिक्छ कि टिक्दैन मलाई ‘टेन्सन’ छैन : प्रधानमन्त्री प्रचण्ड

    सरकार टिक्छ कि टिक्दैन मलाई ‘टेन्सन’ छैन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, १४ भाद्र २०८०
  • 996
    SHARES

    सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भएको बताएका छन् ।

    बिहीबार सुर्खेतमा समाजवादी मोर्चाको कर्णाली प्रदेशस्तरीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । सरकारले दायाँबायाँ नहेरी भ्रष्टाचारविरूद्ध अभियान चलाएको उनले बताए।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘गठबन्धन र सरकारको तर्फबाट भ्रष्टाचारविरूद्ध अभियान चलाइएको छ। सरकारले दायाँबायाँ हेर्दैन। सरकार र मोर्चा एकढिक्का भएर यसैमा केन्द्रित छ। सरकार कति दिन टिक्छ कि टिक्दैन मलाई टेन्सन छैन।’



    पहिले विभिन्न कारणले अलग भएका दलहरू समाजवादी मोर्चाबाट एक ठाउँमा जुटेकोले आफूलाई खुसी लागेको प्रधानमन्त्री प्रचण्डले बताए । सरकारले राम्रा काम गरिरहे पनि प्रतिक्रियावादीले नरूचाएको उनको भनाइ थियो।

    उनले राष्ट्र, जनता, क्रान्ति र उपलब्धिको रक्षाका लागि आफ्नो बाँकी जीवन सम्पूर्ण रुपले लगाउनबाहेक आफ्नो केही उद्देश्य पनि नभएको बताए। उनले आफूले सरकारको नेतृत्व गर्दै गर्दा १५ दिन भए पनि ठीकै छ, एक महिना भए पनि ठीकै भन्ने सोच राखेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार