एजेन्सी । दक्षिण अफ्रिकाको जोहान्सबर्गमा एक पाँच तले भवनमा आगलागी हुँदा ६४ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो शहर जोहानेसबर्गको केन्द्रीय व्यापारिक क्षेत्रमा बिहीबार भएको आगलागीमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको हो ।
आगलागीमा परेर ४३ जना घाइते भएका छन् । खोज र उद्धार प्रयाशहरू जारी रहेका जनाएको छ। शहर प्रशासनले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै मृत्यु हुनेको संख्या ६३ पुगेको जनाएको छ।
फायर फाइटरहरू र आपतकालीन सवारीहरू घटनास्थलमा पुगेका छन्। ज्यान गुमाउने व्यक्तिका शवहरु आगलागी भएको स्थान नजिकैको सडकमा कपडाले ढाकेर राखिएको थियो। आगलागीको कारण भने खुल्न सकेको छैन।
Leave a Reply