Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • महिला टी-२० विश्वकप छनोट : नेपालले मलेसियालाई दियो ८५ रनको लक्ष्य

    महिला टी-२० विश्वकप छनोट : नेपालले मलेसियालाई दियो ८५ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बिहिबार, १४ भाद्र २०८०
  • 990
    SHARES

    काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप छनोटमा नेपालले मलेसियालाई ८५ रनको लक्ष्य दिएको छ।

    मलेसियाको क्वालाम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा ८४ रन बनाएको हो ।



    नेपालका लागि सीता राना मगरले सर्वाधिक ३८ रन बनाइन् । अप्सरी बेगमले १७ तथा कप्तान रुविना क्षेत्रीले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।



    प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् ।

    प्रतियोगितामा समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार