Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कांग्रेस नेता शेखरकाे प्रश्न: नेतामाथि कारवाही गर्दा कार्यकर्तामा के सन्देश जान्छ?

    कांग्रेस नेता शेखरकाे प्रश्न: नेतामाथि कारवाही गर्दा कार्यकर्तामा के सन्देश जान्छ?

    अनलाइन नेपाल
  • आइतबार, ११ साउन २०७७
  • 4.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेस पार्टीमा अन्तरविरोध देखिएको छ। कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका नेताहरुलाई कारबाही गरेपछि पार्टी भित्र अन्तरविरोध देखिएको हाे।

    सोही प्रकरणलाई लिएर कांग्रेस नेता डा. शेखर कोइरालाले आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर उनीहरुलाई कारबाही गरिएको भन्दै विरोध जनाएका छन् । उनले पार्टीबाट उनीहरुलाई निष्कासन गरिनु दुर्भाग्य भएको टिप्पणी गरेका छन् ।



    ‘एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउँदैछौं अर्कोतिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतित गरेका वरिष्ठ नेताहरूलाई पार्टीबाट निष्कासन गर्छौं।’ उनले आइतबार फेसबुकमा लेखेका छन्, ‘यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ? आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर बिष्टलाई कांग्रेस पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य हो।’



    कांग्रेसले शनिबार पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र पूर्व राज्यमन्त्री पुष्करनाथ ओझा र डडेलधुरा कांग्रेस जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई कारबाही गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार