Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डले दिए शुभकामना

    नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डले दिए शुभकामना

    अनलाइन नेपाल
  • बुधबार, १३ भाद्र २०८०
  • 789
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई जीतका लागि शुभकामना दिएका छन्।

    बुधवार बिहान पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जीतका लागि शुभकामना दिएका हुन् ।



    शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रको विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताए ।



    भर्चुअल बैठकमा नेपाली टीमका क्याप्टेन रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराए।

    पाकिस्तानको मुल्तानमा नेपालले बुधबार एसिया कप क्रिकेटमा डेब्यु गर्दैछ। मुल्तान क्रिकेट रंगशालामा घरेलु टोली पाकिस्तानसँग खेल्दै नेपालले एसिया कपमा डेब्यु गर्न लागेको हो। आफ्नो डेब्यु खेललाई यादगार बनाउने अभियानमा नेपाल छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार