Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • धनगढीमा आज हुने भनिएको समाजवादी मोर्चाको ‘सन्देश सभा’ स्थगित

    धनगढीमा आज हुने भनिएको समाजवादी मोर्चाको ‘सन्देश सभा’ स्थगित

    अनलाइन नेपाल
  • बुधबार, १३ भाद्र २०८०
  • 636
    SHARES

    फाइल तस्विर

    कैलाली । आज धनगढीमा हुने भनिएको समाजवादी मोर्चाको सन्देश सभा स्थगित भएको छ ।

    सुदूरपश्चिम प्रदेशको आजको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरी आउने तयारी गरिरहेका थिए ।



    तर अन्तिम समयमा कार्यक्रम स्थगित भएको हो । माओवादी केन्द्रका नेता खगराज भट्टले सन्देश सभा स्थगित भएको जानकारी दिए । तर उनले के कारणले सभा स्थगित भएको हो त्यो भने खुलाएका छनन् ।



    सुदूरपश्चिम प्रदेशको कार्यक्रम स्थगित भए पनि अब कहिले हुन्छ भन्ने बारे टुङ्गो लागेको छैन । हिजो उक्त कार्यक्रम लुम्बिनी प्रदेशमा आयोजना गरिएको थियो । मोर्चाले सातै प्रदेशमा सन्देश सभा गर्ने तयारी गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार