Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • सयौलाई सडकमा पुर्याउनेसँग प्रधानन्यायाधिसका भाईको साझेदारी

    सयौलाई सडकमा पुर्याउनेसँग प्रधानन्यायाधिसका भाईको साझेदारी

    अनलाइन नेपाल
  • आइतबार, ११ साउन २०७७
  • 6.7K
    SHARES

    काठमाडौं । ओरियन्टल सहकारी र भेगा सिटी अपार्टमेन्टलगायतका प्रोजेक्टमार्फत वचतकर्ता र ग्राहकको करिब ८ अर्ब अपचलन गरेको आरोप लागेका सुधीर बस्नेतको भाग्य चम्किने भएको छ ।

    बस्नेतले भरपर्दो र शक्तिशाली व्यापारिक साझेदार भेटाएका छन् । ती साझेदार हुन् प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका भाई प्रभुशमशेर राणा । राणाले सुधीर बस्नेतले निर्माण गरेको भेगा सिटी अपार्टमेन्टमा साझेदारी गरेको उच्च स्रोतले बताएको छ ।



    सुधीर बस्नेतको भेगा सिटी अपार्टमेन्ट खरिदका लागि बैनास्वरुप लाखौं रकम दिएका पीडित उपभोक्ताहरु अहिलेसम्म आन्दोलित छन् । सहकारीमा रकम जम्मा गर्नेहरु सुधीर बस्नेतको ठगी कारण घरको न घाटको अवस्थामा पुगेका छन् । स्रोतका अनुसार सरकारले भेगा सिटी हाउजिङ बुक गर्नेहरुलाई दिन खोज्दा सेटिङमा सर्वोच्च अदालतमा मुद्दा हालेर रोकिएको थियो ।



    एक वर्ष अगाडिदेखि सुधीर बस्नेतले प्रभु शमशेरमार्फत सर्वोच्च अदालतमा सेटिङ गरेर आफ्नो सम्पत्ति लिलाम विक्री गर्नबाट रोक्न सफल भएका थिए । त्यसपछि सेटिङमा प्रभु शमशेरलाई हातमा लिएका बस्नेतले उनलाई नै साझेदार बनाएको खबर छ ।

    भेगा सिटी अपार्टमेन्टमा २४० अपार्टमेन्टको फिनिसिङ बाँकी छ । तिनको फिनिसिङ तीव्र गतिमा गरेर बुक गरेका ग्राहकहरुलाई केही महिनाभित्रै वितरण गर्ने गरी काम अगाडि बढेको प्रचार पनि गरेका छन् । त्यसका लागि सुधीर बस्नेतले ५० करोड बराबरको पहिलो किस्ता साझेदारबाट लिइसकेका छन् ।

    बस्नेतले केही समय अगाडि यूट्युबरहरुलाई बोलाएर ४ वटा अपार्टमेन्ट ग्राहकलाई हस्तान्तरण गरेको प्रचार गराइसकेका छन् । २४० वटा अपार्टमेन्ट ग्राहकहरुलाई चलनचल्तीकै मूल्यमा विक्री गर्दा पनि करिब डेढ अर्बजति प्राप्त हुने अनुमान गरिएको छ । त्यसपछि ३५ रोपनी जग्गामा थप २४० वटा अपार्टमेन्ट निर्माणका लागि पिलर ठडिसकेको अवस्था छ ।

    ती नयाँ अपार्टमेन्ट निर्माण गरेर बेच्दा डेढ अर्ब हाराहारी फाइदा हुने भएपछि प्रभु शमशेर सुधीर बस्नेतसँग साझेदारी गर्न तयार भएका हुन् । चक्रपथबाट ५० मिटरमात्र बाहिर इमाडोलमा ६५ रोपनी क्षेत्रफलमा भेगा सिटी अपार्टमेन्छ छ । काठमाडौं उपत्यकाको प्राइम लोकेशनमा निर्मित अपार्टमेन्टको पर्याप्त मूल्य आउने भएकाले उनी आकर्षित भएका हुन् ।

    बुक गरिसकेका ग्राहकलाई पहिले तय भएको मूल्यमा केही थप गरी अपार्टमेन्ट दिइदैछ भने नयाँ बनेका अपार्टमेन्टको मूल्य बस्नेतले आफूखुसी तोकेर लिन पाउनेछन् । सुधीर बस्नेतले अनेक सपना देखाएर नेपाल विद्युत प्राधिकरणका भ्रष्ट इन्जिनियरहरुको करोडौं करोड लिएर भ्रष्टाचारीहरुको कालोधनलाई सेतो बनाउन एकैपटक धेरैवटा प्रोजेक्टमा हात हाल्दा उनी डुबेका हुन् ।

    उनले सम्पत्ति बेचेर तिर्छु भन्दा पनि राज्यले थुनेर त्यसो गर्न दिएन । नदिएपछि उनी शक्तिशाली व्यक्तिको सहारा लिएर अदालतसम्म सेटिङ गर्न सफल भए ।

    राज्यले उनको सम्पत्ति विक्री गर्न नदिएपछि अदालतको सहारा लिएर उनी सहकारी र अपार्टमेन्टलगायतका व्यवसायका क्रममा लिएको ऋण र रकम तिर्न अग्रसर भएका हुन् ।

    सुधीर बस्नेतको अग्नि एयर मुनाफामा चलिरहेको थियो । अग्नि एयर सञ्चालन गरेर ब्याज तिर्ने र जग्गा जमिन बेचेर ऋण तिर्न खोज्दा बस्नेतलाई खोरमा जाकिएपछि अन्ततः उनी प्रभुको शरणमा पुगेर फेरि उठ्ने प्रयास गरेको बस्नेत निकट स्रोतले बताएको छ । (सांघु साप्ताहिक)बाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार