Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • सरकारविरुद्ध जति षड्यन्त्र गर्छन्, त्यति उनीहरु जनताको नजरमा गिर्दै जान्छन् : प्रचण्ड

    सरकारविरुद्ध जति षड्यन्त्र गर्छन्, त्यति उनीहरु जनताको नजरमा गिर्दै जान्छन् : प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, १२ भाद्र २०८०
  • 891
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनलाई तोड्न धेरै कसरत भइरहेको दाबी गरेका छन् ।

    माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश समितिले मंगलबार राखेको प्रशिक्षण कार्यक्रममा पार्टी पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले भने–‘यो गठबन्धन तोड्ने धेरै कसरत छन्, तर कसेको केही लाग्ने मैले देखेको छैन ।’ प्रधानमन्त्री प्रचण्डले तर सरकारविरुद्ध जति षड्यन्त्र गर्छन्, त्यति उनीहरु जनताको नजरमा गिर्दै जाने पनि दाबी गरे ।



    ५ वर्षसम्म वर्तमान गठबन्धन सरकार निरन्तर चल्ने दावी गर्दै उनले भने–‘गठबन्धन तोड्न जति बल गर्छन्, त्यति नै जनताको नजरमा गिर्दै जाने छन् ।’ प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास र सुन तस्करी सञ्जाल तोड्न गरिएको प्रयास समाजवाद र समृद्धिको आधार तयार पार्ने अभियान भएको बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार