Online Nepal
  • शनिबार, २४ कार्तिक २०८१
  • ललितानिवास प्रकरण : आज पनि अदालतमा बयान जारी रहने

    ललितानिवास प्रकरण : आज पनि अदालतमा बयान जारी रहने

    अनलाइन नेपाल
  • मंगलबार, १२ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौ । ललितानिवास जग्गा प्रकरणमा थुनिएकाहरूको बयान आज पनि काठमाडौं जिल्ला अदालतमा जारी रहने भएको छ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५७ दिन लामो अनुसन्धानपछि बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ललितानिवास जग्गा प्रकरणमा आइतबार मुद्दा दर्ता गरेको थियो।



    सीआईबीले प्रतिवेदनमा संगठित अपराधमा र किर्तेमा मुद्दा चलाउन राय प्रस्तुत गरेपनि सरकारी वकिलले भने पश्चातदर्शी कानुन लगाउन नमिल्ने भन्दै किर्तेमा मात्र मुद्दा चलाएको हो ।



    सोमबार उक्त प्रकरणमा थुनामा रहेकामध्येका शिव भट्टराई र रूद्रकुमार श्रेष्ठको बयान न्यायाधीश भोलानाथ ढकालको रोहबरमा इजलास अधिकृतले लिएका थिए । आज एकपटकमा चार जनाको हुनेगरी बयान लिन लागिएको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार