Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • देशप्रति गद्धारी गर्नु आमाप्रति गद्धारी गर्नु सरह हो : विप्लव

    देशप्रति गद्धारी गर्नु आमाप्रति गद्धारी गर्नु सरह हो : विप्लव

    देशलाई हृदयदेखि माया गर्नेहरू एक हुनुपर्छ

    अनलाइन नेपाल
  • सोमबार, ११ भाद्र २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले देशलाई हृदयदेखि माया गर्नेहरू एक हुनुपर्ने बताएका छन् ।

    सोमबार काठमाडौंमा नेकपाले आयोजना गरेको कार्यक्रममा पार्टीका महासचिव विप्लवले यस्तो बताएका हुन् ।



    उनले परिस्थितिले पनि प्रगतिशीलहरू, कम्युनिस्टहरू एक ठाउँमा आउनैपर्ने बताए । देशमाथि हमला हुँदाखेरी वा हस्तक्षप हुँदा एक हुन आवश्यक रहेको उको भनाई छ ।



    साथै, प्रगतिशील शक्तीसँग मिले मात्रै देशको विकास हुने बताउँदै उनले एमसीसी केवल आर्थिक प्रोजेक्ट मात्र नभई सैन्य मोर्चा रहेको पनि बताए । देशप्रति गद्धारी गर्नु आमाप्रति गद्धारी गर्नुसरह भएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार