काठमाडौं । प्रहरीले बैँकिङ कसुरमा फरार एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।
नुवाकोट पञ्चकन्या गाउँपालिका –२ का ३८ वर्षीय सन्तोष घलेलाई प्रहरीले आज काठमाडौंको छाउनिबाट पक्राउ गरेको हो ।
उनी तारकेश्वर नगरपालिका –१० मा बस्दैआएका थिए । घलेलाई दिउँसो १२ बजे पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
अहिले घलेलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्जमा पठाइएको छ ।
Leave a Reply