प्योङयाङ । विश्व नै कोरोना भाइरस (कोभिड–१९) महामारीको त्रासमा रहँदा कोरोनाबाट अलग रहेको उत्तर कोरियामा पनि कोरोना संक्रमण देखिएको छ । सबैजसो देशमा कोरोना संक्रमण देखिँदा पनि उत्तर कोरियाले आफ्नो देशमा अहिलेसम्म कोरोना संक्रमित नभेटिएको बताउँदै आएको थियो ।
उत्तर कोरियामा एक व्यक्तिमा कोरोना संक्रमण फेला परेको पुष्टि भएको छ । उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले दिएको खबरअनुसार दक्षिण कोरियाबाट ५ दिनअघि गएका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको हो।
३ वर्ष पहिला उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया गएका ती व्यक्ति जुलाई १९ मा गैरकानुनीरुपमा उत्तर कोरिया फर्केका थिए । कासोङ शहरका उनको परीक्षणका क्रममा कोरोना भाइसर संक्रमण देखिएको महामारीविरुद्ध संस्थाका अधिकारीहरुलाई उद्धृत गर्दै केसीएनएले जनाएको छ ।
उत्तर कोरियाले यसरी भित्रिएका व्यक्तिको कोभिड १९ परीक्षण गरेको या नगरेको भन्ने चाहिँ खुलाएको छैन। ती व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ भने उनीसँग सम्पर्कमा आएका मानिसहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ। उत्तर कोरियाले रसिया र अन्य मुलुकबाट हजारौं कोरोना भाइरस टेस्ट गर्ने किट प्राप्त गरेको छ। उत्तर कोरियामा हजारौंको संख्यामा मानिसहरु क्वारेन्टाइनमा राखिएको छ। त्यहाँको प्रतिवन्ध अहिले केही खुकुलो बनाइएको हो।
नेता किमले सैनिकहरुलाई सीमाबाट प्रवेश गरेको विषयमा अनुसन्धान गर्न जिम्मा दिइसकेका छन् भने आवश्यक कारवाही गर्न पनि भनेका छन्। महामारीविरुद्धका सबै उपाय अपनाउन किमले सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएको केसीएनए जनाएको छ ।
Leave a Reply