चितवन । भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.शिवजी पौडेल नियुक्त भएका छन् ।
अस्पताल सञ्चालक समितिले गठन गरेको सिफारिस उपसिमितले डा। पौडेलसहित डा.कृष्णसागर शर्मा र डा.प्रदीप न्यौपानेको नाम सिफारिस गरेको थियो ।
अस्पताल सञ्चालक समितिले उनीहरु मध्येबाट पौडेलको नाममा सर्वसम्मत निर्णय गरेको हो ।
अस्पताल सञ्चालक समितिले अस्पतालको कार्यकारी निर्देशक नियुक्तिका लागि डा। मदन उपाध्याय, डा. प्रदीप ज्ञवाली र डा. दिनेश विश्वकर्मा सदस्य रहेको तीन सदस्यीय सिफारिस उपसमिति गठन गरेको थियो ।
कार्यकारी निर्देशकमा नियुक्त डा। पौडेल क्यान्सर अस्पतालका ‘रेडियसन अंकोलोजिष्ट’ हुन् ।
Leave a Reply