Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • अख्तियारद्धारा ललितपुरका नापी अधिकृतिसहित सात जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर

    अख्तियारद्धारा ललितपुरका नापी अधिकृतिसहित सात जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, ललितपुरका नापी अधिकृत राजन गिरीसहित सात जनाविरुद्ध गलत लिखत तयार पारेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आइतबार विशेष अदालत, काठमाडौँमा उनीहरुविरुद्ध आरोपपत्र दायर गरेको हो ।

    नापी अधिकृत गिरी र सर्वेक्षक लोकेन्द्र सिंह धामीले ललितपुरको साबिक टीकाथली गाविस ६, कित्ता नम्बर १६९९ र कित्ता नम्बर १७०१ को विभिन्न कित्ताहरू कायम गर्ने क्रममा तोकेको क्षेत्रफलभन्दा कम हुने गरी कानुन विपरीत कित्ताकाट गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जनाकारी दिए ।



    नेपाल सरकारको नाममा कायम बाटोको कित्ता नम्बर २९४४ को नक्सा र फिल्डमा भएको क्षेत्रफलभन्दा कम क्षेत्रफल कायम गरी नक्सामाभन्दा प्लटरजिष्टर र राजीनामा लिखतमा बढी क्षेत्रफल उल्लेख गरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ । कार्यालयका तत्कालीन मालपोत अधिकृत अम्बिकाप्रसाद नेपाल, नायव सुब्बा मनोज पोखरेल, खरिदार युवराज कटुवालले कानुन विपरीत लिखत पारित गरेको आरोप लागेको छ ।



    राउसाई होल्डिङ्गस् प्रा. लि., ललितपुर महानगरपालिका २, सानेपाका अध्यक्ष नेम महर्जन र शेयर होल्डर मनोजबहादुर श्रेष्ठले जग्गा बेच्ने क्रममा नापी कार्यालय र भूमिसुधार तथा मालपोत कार्यालयका कर्मचारीलाई प्रभाव पारी गलत लिखत तयार पारेको आरोप लागेको आयोगको विज्ञप्तिमा उल्लेख गरिएको छ । आरोपितविरुद्व भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार