Online Nepal
  • शनिबार, २४ कार्तिक २०८१
  • ललितानिवास जग्गा हिनामिना प्रकरणमा संलग्न २९० जनाविरुद्ध ‘लिखत किर्ते’ मुद्दा दर्ता

    ललितानिवास जग्गा हिनामिना प्रकरणमा संलग्न २९० जनाविरुद्ध ‘लिखत किर्ते’ मुद्दा दर्ता

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयले लगेको मुद्दा दर्ता भएको छ । जिल्ला अदालत काठमाडौँमा २९० जनालाई प्रतिवादी बनाएर अभियोगपत्र दायर गरिएको हो ।

    मन्त्रिपरिषद्बाट निर्णय गरेर सकारी जग्गा निजी भनी बिक्रि गरिएकोमा निजी भनेर प्रमाणीत गर्न किर्ने काम गर्ने, हुँदै नभएको संगठीतका नाममा जग्गा राखेर मुआब्जा बाँड्दै जग्गा बिक्रि गर्नेसहित जग्गा खरिद गर्नेसम्मलाई प्रतिवादी बनाइएको छ ।



    तर, निर्णयको नेतृत्व कर्ता तत्कालीन प्रधानमन्त्री र मुख्यसचिवलाई भने छुट दिइएको छ ।



    जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्रसँगै थुनामा रहेका १८ जना प्रतिवादीलाई अदालतमा उपस्थित गराएको छ । १८ जना बाहेकका प्रतिवादीलाई फरार सूचीमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार